THE WHITE LAKE #हुस्सुको_ताल रातो लालीमा भर्खर उम्रिदैं गरेको, सुर्यको त्यो मुस्कान!! तिनै मुस्कानका लहरहरुमा लठ्ठ पर्दै, बिताएका बसन्तका सुनौला प्रभातहरु, सम्झिदैँ बसिरहेछन् आज यी फाँटहरु !!! सायद, जाडोले कठ्यान्ग्रिएको फाँटलाई अँगालोको न्यानो सामीप्यता दिन होकि,,, वसन्तमा भरिभराउ हुने फाँट आज अर्धनग्न हुदाँ लाज ढाकिदिन होकि,, आकाशैभरि चम्कीचम्की घुरिरहेका ताराबाट नजर लाग्ला भनेर होकि!! कतै ऑचल छुटिपो हाल्ने हो कि भन्दै अटमट्ट भई ढकमक्क ढाकिदिएको छ हुस्सुले ती फाँटहरुलाई!! खैर,,, फाँटको सुन्दरतामा मदहोस् भई, आँफूलाई ती किरणहरुले छड्के नजर पनि नहेर्ने डरले, कतैबाट फाँटको सुन्दरताले चिहाइ पो हाल्छ कि झैँ गरी, सकिनसकि छोपिदिएको छ! सुर्यका ति नशालु रस्मिहरुले कतै, ती निश्छल फाटँहरुमा स्पर्श गर्नासाथ, गहिरो प्रेममा पर्लाकि भन्ने डाहले, भित्रभित्रै बलेर अनि जलेर तप्पतप्प चुहिएको छ ऊ!! आखिर उसले बुझोस् कसरी,, सुर्यको आगमनसँगै उर्जा पाएर, बिस्तारै बिस्तारै तात्दै आउने भुई, अनि भुईमाथिको कन्भेक्सनल करेन्ट, त्यो करेन्टसँगै वास्पिकरण भईदिने पानीका ससाना कणहरु,, कणहरुसँगै उडिदिने हुस्...
Posts
Showing posts from 2024