खुल्ला चुनौति: फाँसी देऊ कालीकोटबाट हिँडेको एउटा ambulance। भैगो त्यति पर पनि नजाउ क्यार, यीँ पर सिन्धुपाल्चोकको एउटा डाँडाबाट हिँडेको ambulance।ओहो ! यति भन्दै गर्दा फेरि २ घण्टा stretchorमा च्यानाकुटि झ्याई पारेर तिपेनी health post मा ल्याइपुर्याइएकी एकजना ५५ वर्षकी आमाको याद आउँछ जसलाई हामी health camp गएका बेला MI (heart attack) सस्पेक्ट गरेका थियौ। literally नै त्यहाँ उपचारका लागि केही थिएन, आमासँग बचेकुचेका ५ वटा aspirin का tablets मागेर खुवाइयो। वरपर झुम्मिएर कसैले harrison कसैले davidson कसैले sayami sirको बुक को गफ लडाइयो, DAPT देखि लिएर thrombolysis र PCIसम्म, DIDOका highfi गफसम्म। तर आमाको अनुहारमा देखिन थालेको central cyanosis र घट्दै गएको oxygen saturation लाई oxygen therapy सम्म पनि दिन नसकेकोमा हामी निशब्द र निर्लज्ज थियौं। आफुले पढेका theory फलाक्नुमा कुनै गर्भ रहेन, हामी त फगत भाषण दिइरहेका थियौँ जसरी दिन्छन् हाम्रा नेताहरु तारा झार्ने भाषणहरु, फगत, नि...
Posts
Showing posts from 2019
- Get link
- X
- Other Apps
गजल: उनलाई भेटेपछि वाँकि त अैरे गैरे लाग्यो, सबको माया मारिदे भन्छ कसैको प्रस्ताव अायो भने, अर्कै छ भन टारिदे भन्छ। उसकै फोटो खिच भन्छ, यो मनको DSLR उसैलाई focus गर, background लाई blur पारिदे भन्छ वाँकि त....... जुन दिनदेखि भेटे उसलाई, फेरियो नजर संसार हेर्ने attitude छोड altitude बढा, ego सिगो झारिदे भन्छ कसैको प्रस्ताव.......... माछा माछा भ्यागुतो होलास्, जिन्दगीभर सम्झेर रोलास् उसकै तालमा जाल विछ्याई, जालमा माछ्छो पारिदे भन्छ वाँकि त........ सपनाको दरबार सजाईहाल, ऊ राजा तै रानी मरेपछिको स्वर्ग कसलाई थाहा, मायामै वैतर्णी तारिदे भन्छ कसैको प्रस्ताव .......
- Get link
- X
- Other Apps
#dedicated #medlife #through _the_ blues_and_greens मन पढ्ने आँखाहरु, आँखा पढ्ने मनहरु बेहोसी झै पीडामा छट्पटिएका तनहरु हल्लाइएको टाउकोसङ्गै सान्त्वनाका चुम्बनहरु ventilator र pacemaker ले धानिदिएका धड्कनहरु आसैआसमा कुरिरहेका ती प्रिय जीवनहरु बचाउँछु भन्दाभन्दै रित्तिएका बाकसका धनहरु सङ्गसङ्गै रित्तिएका खाली खाली मनहरु सङ्गसङ्गै रित्तिएका खाली खाली मनहरु।। फर्की आउँछु घर भन्ने ती निर्दोष वाचाहरु terminal illness ले झस्किएर टुलुटुलु बुख्याँचाहरु जीवनसङ्ग लड्दालड्दै कराँतेका झै धाँचाहरु इच्छामृत्यु माग्दै सम्झौताका लामा ढाँचाहरु फर्कदा सेतो कपडा, फुल, कसैका त बाजाहरु यसैयसै बिलाएछन् कसैकी रानी त कसैका राजाहरु यसैयसै बिलाएछन् कसैकी रानी त कसैका राजाहरु।। विश्वास र भरोसाले हस्पिटल धाउनेहरु हास्दैहास्दै घर फर्किदा रुदैरुदै आउनेहरु दुखिरहेको घाउमा शित्तल मलम पाउनेहरु मुस्कान र आशिर्वादले जीवनको अर्थ बुझाउनेहरु अनि डाकसाब अरु हास्दा आफू रमाउनेहरु भोक, निद्रा त के ज्यानकै बाजी लाउनेहरु ईश्वरकै रुप हुन्छन् अरे यो क्षेत्रमा अाउनेहरु ईश्वरकै रुप हुन्छन् अरे यो क्षेत्रमा ...
- Get link
- X
- Other Apps
गजल सक्छौ कर्द तिखारी हेर, खुकुरीको त आफ्नै दाऊ छ साथी सक्छौ फलाम चर्काई हेर, सिसाको त अाफ्नै घाऊ छ साथी। माग्यौ होला हजार सपना, झरेको त्यो तारासङ्गै सक्छौ बितेको हिजो माग, भोलि त आँफै आउँछ साथी। भुलेउ कि त मानवता नै, तछाड र मछाडमै सक्छौ अनाथलाई माया गर, सेलिब्रेटीको त आफ्नै भाउ छ साथी। बाध्यौँ होला चौघेरामा भौतिकताको त्यो सन्जालसङ्गै सक्छौ इकारस भै उडिहेर पृथ्वीमा तआफ्नै ठाउँ छ साथी।
- Get link
- X
- Other Apps
"नारी दिवस विशेष गजल" International Womens' Day नाराभित्रै अटाएर नारीलाई बुँदाभित्र कुरा बढाँउछन् त के भनूँ एउटा दिनलाई छुट्टयाएर, नारी दिवसको धुप चढाँउछन् त के भनूँ २ कक्षाको कलिलो माटो,आमा भान्से बुवा अफिसको बाटो ७ र ७०को विहे त स्वस्थानीमा अझै पढाँउछन् त के भनूँ। नाराभित्रै अटाएर नारीलाई, बुँदाभित्र कुरा बढाँउछन् त के भनूँ।। माया ममता शक्ति र सुन्दरताका खानि त अवश्य हुन् नारी त्यही निहुँमा धर्मयुद्द र विश्वयुद्द लडाँउछन् त के भनूँ। एउटा दिनलाई छुट्टयाएर, नारी दिवसको धुप चढाँउछन् त के भनूँ।। कमजोर भएपछि आरक्षण होइन सक्षम बन्ने अवसर हो दिने योजनाको कमिसन र कार्यक्रमको भत्तामै आँखा गढाउँछन् त के भनूँ। नाराभित्रै अटाएर नारीलाई, बुँदाभित्र कुरा बढाँउछन् त के भनूँ।। निर्मलाजस्ता निर्दोषलाई न्याय देऊ सरकार भन्दै गर्दा अर्चना र ज्योतीहरु आफ्नै बुद्दि सढाउँछन् त के भनूँ। एउटा ...
- Get link
- X
- Other Apps
साहित्य विशेष गजल: म्युजिकल्ली मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली झुम्दैछ युवा पुस्ता, तिम्रै त छ खल्लीबल्ली instagram, facebook र my dayका storiesभरि डाँडापाखा,गाउँ सहर घरघर र गल्लीगल्ली मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली।। Tiktok जसरी thikthak भईदिए पो जिन्दगी परभूमि, मरभूमि यहाँ त जन्मभूमिमै पनि बिचल्ली तर बाल?? झुम्दैछ युवा पुस्ता, तिम्रै त छ खल्लीबल्ली।। नसाजस्तै उनको नसानसामा नसै भएपछि उनी पनि प्रस्तुतिमै नसालु भै टल्लीटल्ली हल्लीहल्ली मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली।। नबनाउ क्यारे tiktok भन्दा स्विकार्ला र युगले भन्दै lollypop लागेलु र baby doll मैे डल्लीडल्ली झुम्दैछ युवा पुस्ता, तिम्रै त छ खल्लीबल्ली।। musically stars र उनका fan followers subscribers देश बनाउलान् झै तल्लिन छन्, सङ्घर्षले तल्लीतल्ली मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली।। प्रेम, प्रस्ताव, बिछोड, संघर्ष र घरघरका कहानी कथैपिछ्छे उनी भावुक, दयालु,...
- Get link
- X
- Other Apps
ईश्वर ; एक आस्था र अनुभव यात्रा थियो नारायणगढदेखि कावासोती करिवन ३२ कि.मि. पव्लिक बस ५० मिनेट । बस खचाखच थियो। बिचबाट १ जना महिला चढ्छिन्, पछ्यौराले बाँदेर बच्चालाई अगिल्तिर काखमा च्याँपेकी उनी लगभग आदा घन्टा उभिएर यात्रा गर्दा सिट छाडिदिने कोही भएन। यत्तिकैमा एउटा खोलाको पुल आउँछ र उनको छेउमा बसेका दुई अर्धवैशे महिलाले नमस्कार गर्दै शिर झुकाँउछन्। म पछिल्तिर उभिएको थिए, हेरेको हेरै भए, नतमस्तक। के थियोे त्यो? धर्म ? झ्यालबाट देखिने बाहिरी दृष्यको रफ्तारजस्तै मनभरि बिचारको रफ्तार थियो। बच्चा बोकेकी आमालाई सिट दिन नसकेकाहरुले पुललाई नमस्ते गरे र गजक्क परिरहे धर्म गरे भन्दै। बाआमालाई हेँला गरि बृद्दाश्रम पुग्न विवश पार्नेहरु पनि पुजा गर्दाहुन् हगि, व्रत बस्दाहुन्, मन्दिर धाँउदाहुन् र प्रार्थना गर्दाहुन् "हे ईश्वर मलाई कहिले दुःख नपरोस्।" नारी अस्तित्वमा बलत्कार गरेर हिड्नेहरु पनि आफुलाई दुःख पर्दा गुहार्दाहुन् "भगवान् मेरो रक्षा गर"। अरुलाई रुवाउने, चित्त दुखाउने, निमुखा ,असाहाय र पिछडिएकालाई इज्जत नदिन...
- Get link
- X
- Other Apps
"गरिबलाई परिचयपत्र" (( एक वर्षअगिको गरिबी परिचयपत्र वितरण सन्दर्भ )) जन्मिदै गरिब, ऊ जन्मिदै धनी मलाई आज के खानी, उसलाई मनीमनी| सग्लो यही ज्यान छ हजुर सम्पत्तिको नाउँमा ५ वटा जिल्लाको तोकिएको गाँउमा आए फेरि नेता पैसो कुम्ल्याउने दाउमा गरिबी निवारण मन्त्रालयले २ अर्ब खर्च गर्यो गरिबी परिचयपत्र पो हातमा पर्यो अब के गर्वले फुलोस् छाती नाईँ आशुँ झर्यो| तिनी पुगे थाइल्याण्ड र भियतनाम मलाई खानु छैन नगरि काम तर भविष्य सम्झिएर बाँच्नैपर्यो गधाझैँ लतारिएर मुसुक्क हाँस्नैपर्यो| हेपेर नबोल सके इज्जत गर्न सिक भो चाहिएन तिम्रो दयाको भिक गरिखान देऊ चलाउछम् सीप जति खण्डन गरेपनि नपलाउने तिम्रो ईख, चुनाव आँउदा आशाका पोका दुई महिनामै जनतालाई धोका बनायौ है भेडा र बोका| देशका छोराछोरी अर्काका गुलाम केही वर्षमै हजुर पार्नेभए लिलाम संघीय आयो, बढे खर्चका खाकाहरु सेवा बढ्ला भनेको,बढे गिद्दे आँखाहरु एउटै प्रदेशमा नेतालाई ७० गाढी चाहिनेभो जागिर दिन्छम् भन्थे ड्राइभरको पो खाइनेभो जता आफ्नो प्लटिन्ग उतै सदरमुकाम मेरो ठाड...
- Get link
- X
- Other Apps
" लुट्न सके लुट " एकचोटि संकास्पद चोरहरुलाई जम्मा गरिन्छ, सबैलाई एउटा एउटा बराबर नापको लौरी दिइन्छ र भनिन्छ भोलि बिहान उठ्दा चोर्ने मानिसको लौरी एक इन्च लामो हुन्छ। जो चोर थियो उस्लाई डर लाग्यो र उस्ले लौरीलाई एक इन्च काटिदियो, वाकिलाई न डर न चिन्ता। रहस्य यस्तै छ लुट्न सके लुट बोलको गीतले हाम्रा नेताहरुमा ल्याउनुको आक्रोस, युवा संघले बिज्ञप्ती निकालेर धम्की नै दिनुपर्ने अवस्था अनि आलोचनालाई उछिनेर दौडिएको लोकप्रियता। तर अहँ सत्तामा नभएकै कारणले मात्रै गर्दा कुनै पार्टी बिशेषले यो गीतले हामीलाई ब्यँग्य गरेको छैन भनेर मख्ख पर्नु लज्जास्पद भ्रम मात्रै हो। धेरै देखियो सत्यताको वकालत गर्दा कुनै पार्टी को पूछ्छर झुन्डाइदिइएको। एउटा कर्मठ देशप्रेमी स्वतन्त्र व्यक्तीले कुनै सत्यताका लागि आवाज उठाउँछ, विश्लेषकले विश्लेषण गर्छ, गायककारले गीत गाउँछ, पत्रकारले खबर सम्प्रेषण गर्छ, डाक्टरले गुणस्तर चिकित्सा शिक्षाका लागि लड्छ, तर अन्त...