Posts

Showing posts from June, 2019
                                खुल्ला चुनौति: फाँसी देऊ कालीकोटबाट हिँडेको एउटा ambulance। भैगो त्यति पर पनि नजाउ क्यार, यीँ पर सिन्धुपाल्चोकको एउटा डाँडाबाट हिँडेको ambulance।ओहो ! यति भन्दै गर्दा फेरि २ घण्टा stretchorमा च्यानाकुटि झ्याई पारेर तिपेनी health post मा ल्याइपुर्याइएकी एकजना ५५ वर्षकी आमाको याद आउँछ जसलाई हामी health camp गएका बेला MI (heart attack) सस्पेक्ट गरेका थियौ। literally नै त्यहाँ उपचारका लागि केही थिएन, आमासँग बचेकुचेका ५ वटा aspirin का tablets मागेर खुवाइयो। वरपर झुम्मिएर कसैले harrison कसैले davidson कसैले sayami sirको बुक को गफ लडाइयो, DAPT देखि लिएर thrombolysis र PCIसम्म, DIDOका highfi गफसम्म। तर आमाको अनुहारमा देखिन थालेको central cyanosis र घट्दै गएको oxygen saturation लाई oxygen therapy सम्म पनि दिन नसकेकोमा हामी निशब्द र निर्लज्ज थियौं। आफुले पढेका theory फलाक्नुमा कुनै  गर्भ रहेन, हामी त फगत भाषण दिइरहेका थियौँ जसरी दिन्छन् हाम्रा नेताहरु तारा झार्ने भाषणहरु, फगत, नि...
               गजल: उनलाई भेटेपछि   वाँकि त अैरे गैरे लाग्यो, सबको माया मारिदे भन्छ कसैको प्रस्ताव अायो भने, अर्कै छ भन टारिदे भन्छ। उसकै फोटो खिच भन्छ, यो मनको DSLR उसैलाई focus गर, background लाई blur पारिदे भन्छ  वाँकि त....... जुन दिनदेखि भेटे उसलाई, फेरियो नजर संसार हेर्ने attitude छोड altitude बढा, ego सिगो झारिदे भन्छ कसैको प्रस्ताव..........  माछा माछा भ्यागुतो होलास्, जिन्दगीभर सम्झेर रोलास् उसकै तालमा जाल विछ्याई, जालमा माछ्छो पारिदे भन्छ वाँकि त........ सपनाको दरबार सजाईहाल, ऊ राजा तै रानी मरेपछिको स्वर्ग कसलाई थाहा, मायामै वैतर्णी तारिदे भन्छ कसैको प्रस्ताव .......
#dedicated #medlife #through _the_ blues_and_greens मन पढ्ने आँखाहरु, आँखा पढ्ने मनहरु बेहोसी झै पीडामा छट्पटिएका तनहरु हल्लाइएको टाउकोसङ्गै सान्त्वनाका चुम्बनहरु ventilator र pacemaker ले धानिदिएका धड्कनहरु आसैआसमा कुरिरहेका ती प्रिय जीवनहरु बचाउँछु भन्दाभन्दै रित्तिएका बाकसका धनहरु सङ्गसङ्गै रित्तिएका खाली खाली मनहरु सङ्गसङ्गै रित्तिएका खाली खाली मनहरु।। फर्की आउँछु घर भन्ने ती निर्दोष वाचाहरु terminal illness ले झस्किएर टुलुटुलु बुख्याँचाहरु जीवनसङ्ग लड्दालड्दै कराँतेका झै धाँचाहरु इच्छामृत्यु माग्दै सम्झौताका लामा ढाँचाहरु फर्कदा सेतो कपडा, फुल, कसैका त बाजाहरु यसैयसै बिलाएछन् कसैकी रानी त कसैका राजाहरु यसैयसै बिलाएछन् कसैकी रानी त कसैका राजाहरु।। विश्वास र भरोसाले हस्पिटल धाउनेहरु हास्दैहास्दै घर फर्किदा रुदैरुदै आउनेहरु दुखिरहेको घाउमा शित्तल मलम पाउनेहरु मुस्कान र आशिर्वादले जीवनको अर्थ बुझाउनेहरु अनि डाकसाब अरु हास्दा आफू रमाउनेहरु भोक, निद्रा त के ज्यानकै बाजी लाउनेहरु ईश्वरकै रुप हुन्छन् अरे यो क्षेत्रमा अाउनेहरु ईश्वरकै रुप हुन्छन् अरे यो क्षेत्रमा ...
                                गजल सक्छौ कर्द तिखारी हेर, खुकुरीको त आफ्नै दाऊ छ साथी सक्छौ फलाम चर्काई हेर, सिसाको त अाफ्नै घाऊ छ साथी। माग्यौ होला हजार सपना, झरेको त्यो तारासङ्गै सक्छौ बितेको हिजो माग, भोलि त आँफै आउँछ साथी। भुलेउ कि त मानवता नै, तछाड र मछाडमै सक्छौ अनाथलाई माया गर, सेलिब्रेटीको त आफ्नै भाउ छ साथी। बाध्यौँ होला चौघेरामा भौतिकताको त्यो सन्जालसङ्गै सक्छौ इकारस भै उडिहेर पृथ्वीमा तआफ्नै ठाउँ छ साथी।