Posts

Showing posts from June, 2023
 कबिता: जिन्दगीको बुझाई भगवानको नाम जपि, देखेको न्याय गरिन्छ यहाँ  गलत र चाप्लुसी गर्न , लाग्दैन मलाई कर कसैको स्वार्थका अनेक रङ, पुरा गर्ने अनेक चाल आफैलाई दरो बनाएको छु, लाग्दैन मलाई भर कसैको उचाल्ने र थेचार्ने, उडाउने र पछार्नेहरुसङग  चिनेको छु आफुलाई, लाग्दैन मलाई जहर कसैको जिन्दगीको भोगाइले सिकाइदियो  धेरै कुरा  आदि हुरि जे आओस् , लाग्दैन मलाई डर कसैको सेवामा सन्तुष्टि, परिश्रममा बिश्वास गर्न सिकेको मान्छे पहिचान कोर्ने जमर्कोमा, लाग्दैन मलाई धर कसैको
 गजल : ऊनी  जाली यो दुनियाँको शिकार बनिरहे ऊनी  सबलाई खुसी राख्न, आफै पुर्ने खाल्डो खनिरहे ऊनी  कर्ममा भगवान राख्नु, तर एक कानले सुनि उडाउनु भने, मरिसकेको मानवतामा हिसाब गनिरहे ऊनी  जाली यो दुनियाँको शिकार बनिरहे ऊनी  आफ्नै त्याग र तपस्याले सिर्जिएको जीवन यो गल्ती केहि छैन, बाच्न देउ मलाई भनिरहे ऊनी सबलाई खुसी राख्न, आफै पुर्ने खाल्डो खनिरहे ऊनी पुरातनवादीको झटारो, उनको गर्दनमै लाग्यो टुलुटुलु हेरे मैले,  छट्पटिएर  कनिरहे ऊनी जाली यो दुनियाँको शिकार बनिरहे ऊनी  सबलाई खुसी राख्न, आफै पुर्ने खाल्डो खनिरहे ऊनी