ईश्वर ; एक आस्था र अनुभव यात्रा थियो नारायणगढदेखि कावासोती करिवन ३२ कि.मि. पव्लिक बस ५० मिनेट । बस खचाखच थियो। बिचबाट १ जना महिला चढ्छिन्, पछ्यौराले बाँदेर बच्चालाई अगिल्तिर काखमा च्याँपेकी उनी लगभग आदा घन्टा उभिएर यात्रा गर्दा सिट छाडिदिने कोही भएन। यत्तिकैमा एउटा खोलाको पुल आउँछ र उनको छेउमा बसेका दुई अर्धवैशे महिलाले नमस्कार गर्दै शिर झुकाँउछन्। म पछिल्तिर उभिएको थिए, हेरेको हेरै भए, नतमस्तक। के थियोे त्यो? धर्म ? झ्यालबाट देखिने बाहिरी दृष्यको रफ्तारजस्तै मनभरि बिचारको रफ्तार थियो। बच्चा बोकेकी आमालाई सिट दिन नसकेकाहरुले पुललाई नमस्ते गरे र गजक्क परिरहे धर्म गरे भन्दै। बाआमालाई हेँला गरि बृद्दाश्रम पुग्न विवश पार्नेहरु पनि पुजा गर्दाहुन् हगि, व्रत बस्दाहुन्, मन्दिर धाँउदाहुन् र प्रार्थना गर्दाहुन् "हे ईश्वर मलाई कहिले दुःख नपरोस्।" नारी अस्तित्वमा बलत्कार गरेर हिड्नेहरु पनि आफुलाई दुःख पर्दा गुहार्दाहुन् "भगवान् मेरो रक्षा गर"। अरुलाई रुवाउने, चित्त दुखाउने, निमुखा ,असाहाय र पिछडिएकालाई इज्जत नदिन...
Posts
Showing posts from February, 2019
- Get link
- X
- Other Apps
"गरिबलाई परिचयपत्र" (( एक वर्षअगिको गरिबी परिचयपत्र वितरण सन्दर्भ )) जन्मिदै गरिब, ऊ जन्मिदै धनी मलाई आज के खानी, उसलाई मनीमनी| सग्लो यही ज्यान छ हजुर सम्पत्तिको नाउँमा ५ वटा जिल्लाको तोकिएको गाँउमा आए फेरि नेता पैसो कुम्ल्याउने दाउमा गरिबी निवारण मन्त्रालयले २ अर्ब खर्च गर्यो गरिबी परिचयपत्र पो हातमा पर्यो अब के गर्वले फुलोस् छाती नाईँ आशुँ झर्यो| तिनी पुगे थाइल्याण्ड र भियतनाम मलाई खानु छैन नगरि काम तर भविष्य सम्झिएर बाँच्नैपर्यो गधाझैँ लतारिएर मुसुक्क हाँस्नैपर्यो| हेपेर नबोल सके इज्जत गर्न सिक भो चाहिएन तिम्रो दयाको भिक गरिखान देऊ चलाउछम् सीप जति खण्डन गरेपनि नपलाउने तिम्रो ईख, चुनाव आँउदा आशाका पोका दुई महिनामै जनतालाई धोका बनायौ है भेडा र बोका| देशका छोराछोरी अर्काका गुलाम केही वर्षमै हजुर पार्नेभए लिलाम संघीय आयो, बढे खर्चका खाकाहरु सेवा बढ्ला भनेको,बढे गिद्दे आँखाहरु एउटै प्रदेशमा नेतालाई ७० गाढी चाहिनेभो जागिर दिन्छम् भन्थे ड्राइभरको पो खाइनेभो जता आफ्नो प्लटिन्ग उतै सदरमुकाम मेरो ठाड...
- Get link
- X
- Other Apps
" लुट्न सके लुट " एकचोटि संकास्पद चोरहरुलाई जम्मा गरिन्छ, सबैलाई एउटा एउटा बराबर नापको लौरी दिइन्छ र भनिन्छ भोलि बिहान उठ्दा चोर्ने मानिसको लौरी एक इन्च लामो हुन्छ। जो चोर थियो उस्लाई डर लाग्यो र उस्ले लौरीलाई एक इन्च काटिदियो, वाकिलाई न डर न चिन्ता। रहस्य यस्तै छ लुट्न सके लुट बोलको गीतले हाम्रा नेताहरुमा ल्याउनुको आक्रोस, युवा संघले बिज्ञप्ती निकालेर धम्की नै दिनुपर्ने अवस्था अनि आलोचनालाई उछिनेर दौडिएको लोकप्रियता। तर अहँ सत्तामा नभएकै कारणले मात्रै गर्दा कुनै पार्टी बिशेषले यो गीतले हामीलाई ब्यँग्य गरेको छैन भनेर मख्ख पर्नु लज्जास्पद भ्रम मात्रै हो। धेरै देखियो सत्यताको वकालत गर्दा कुनै पार्टी को पूछ्छर झुन्डाइदिइएको। एउटा कर्मठ देशप्रेमी स्वतन्त्र व्यक्तीले कुनै सत्यताका लागि आवाज उठाउँछ, विश्लेषकले विश्लेषण गर्छ, गायककारले गीत गाउँछ, पत्रकारले खबर सम्प्रेषण गर्छ, डाक्टरले गुणस्तर चिकित्सा शिक्षाका लागि लड्छ, तर अन्त...