Posts

  THE WHITE LAKE  #हुस्सुको_ताल रातो लालीमा भर्खर उम्रिदैं गरेको, सुर्यको त्यो मुस्कान!! तिनै मुस्कानका लहरहरुमा लठ्ठ पर्दै, बिताएका बसन्तका सुनौला प्रभातहरु, सम्झिदैँ बसिरहेछन् आज यी फाँटहरु !!! सायद, जाडोले कठ्यान्ग्रिएको फाँटलाई अँगालोको न्यानो सामीप्यता दिन होकि,,, वसन्तमा भरिभराउ हुने फाँट आज अर्धनग्न हुदाँ लाज ढाकिदिन होकि,, आकाशैभरि चम्कीचम्की घुरिरहेका ताराबाट नजर लाग्ला भनेर होकि!! कतै ऑचल छुटिपो हाल्ने हो कि भन्दै अटमट्ट भई ढकमक्क ढाकिदिएको छ हुस्सुले ती फाँटहरुलाई!! खैर,,, फाँटको सुन्दरतामा मदहोस् भई, आँफूलाई ती किरणहरुले छड्के नजर पनि नहेर्ने डरले, कतैबाट फाँटको सुन्दरताले चिहाइ पो हाल्छ कि झैँ गरी, सकिनसकि छोपिदिएको छ! सुर्यका ति नशालु रस्मिहरुले कतै, ती निश्छल फाटँहरुमा स्पर्श गर्नासाथ, गहिरो प्रेममा पर्लाकि भन्ने डाहले, भित्रभित्रै बलेर अनि जलेर तप्पतप्प चुहिएको छ ऊ!! आखिर उसले बुझोस् कसरी,, सुर्यको आगमनसँगै उर्जा पाएर, बिस्तारै बिस्तारै तात्दै आउने भुई, अनि भुईमाथिको कन्भेक्सनल करेन्ट, त्यो करेन्टसँगै वास्पिकरण भईदिने पानीका ससाना कणहरु,, कणहरुसँगै उडिदिने हुस्...
कबिता  :  जब ऑफुभित्रको आफू, अहम् र अस्तित्व नै बन्दगी राख्छौ!! वरू आफै सानो भईदिन्छौ, झुकिदिन्छौ, उडिदिन्छौ| तब अगाडि ऊचाल्नेहरू पछाडि थेचार्दा रैछन् अनि विस्तारै बुझ्न वाध्य हुदो रहैछौ,,,                                                                             सायद जीवन उचाई होइन, गहिराई हो!!!                                                                      सायद जीवन उडान होइन, स्थिरता हो!!!                                                             ...
 प्रसुती बेथामा पनि तुइनमा थिइन उनि, जब मैले अन्तिमपल्ट देखे उन्लाई  तर पनि सम्जाउदै थिइन्, जेठि छोरिलाई उनि, यसैले त आज सलामिमा दुई अक्षर लेखे उनलाई!!!!! धमिला त केबल उनका आखा भए रोगले, तर नजरमा सधै आसाका निश्छल किरडहरु पाउथिइन उनि म भनु कसरी, छोरिका निर्दोस गाला सुम्सुमाउदै, फाटद्इ गरेका सपनालाई, यसरी सिलाउथिइन उनि असह्य चोट र आखाका आसुसँगइ लुकामारी खेल्दै खेलाउदै, छोरिको ओठमा हासो यसरी  मिलाउथिइन उनि ढुङ्गाको काप फोरेर उम्रने पिपलु उनि, सोच्दथ्यो को यसरी तुइनभित्रै बिलाउथिइन उनि अनौठो लागिरह्यो अच्म्म उनको सहास देखेर, म हेरेर रोहिरहे उनि त गैन हासिहासि बाच्न सिकाइन मलाई, राम्रो भनु या नराम्रो सपना पो रहेछ जब ब्युजिए एक्कासी र मुस्काउदै भने जे पर्ला टर्ला तर बन्दिन कहिले परिस्थितिको दासि हार्नुभन्दा आफैसँग बोरु चडनु फासी कि त जानु कासी  हरिहरी 
  गजल : बुवा  ५२ घुस्सा ५३ ठक्कर खानुपर्छ भन्थ्यौ बाबा  बिगत हरेक पलबाट मैले सिक्ने पाठ तिमी डग्मगाउदा कम्जोर काय साहास अनी आट तिमी  बिगत हरेक पलबाट मैले सिक्ने पाठ तिमी!!!  अन्त्य नै नयाँ सुरुवात भन्थ्यौ, उर्जारुपी भरोसा हर्दम  सुख अनी दु:ख गाउँने मिठो एउटा बात तिमी  असिमित यो सौहार्दता, मायाको प्यारो जात तिमी सुख अनी दु:ख गाउँने मिठो एउटा बात तिमी!!! निस्पस्ट त्यो अन्धकार र समयसँग डराईदीन्थे  एकान्त त्यो पिडाभित्र मैले पाउने साथ तिमी  उकाली या ओराली होस डोराइ हिंड्ने हात तिमी  एकान्त त्यो पिडाभित्र मैले पाउने साथ तिमी!!!         दुनियाँ मस्त आँफैभित्र तिमी बाच्यौ मेरा खातिर  स्वाभिमान यो गाथा बोक्ने अटल मेरो माथ तिमी  नौलो सप्ना बोकी आउने पुर्णिमाको रात तिमी स्वाभिमान यो गाथा बोक्ने अटल मेरो माथ तिमी!!! 
  ERAS fever Knock, Knock! Open your gate Submit your ERAS before it's late!!   ERAS application is now at peak Stay calm, stay calm, do not freak Worries and fear make you sick You will find the program where you fit Worthy as you are, they will treat But, no shortcuts and no sneak peek Be wise, be faithful, and not cheat Being who you are is the only trick!! Being who you are is the only trick!!   Press submit and then sigh a relief You did you could, now self-belief Focus on smiles you can bring Focus on sorrows you can trim Observe your patients when monitors beep See how they fight, strong and positive That’s the meaning of this beautiful life Hope, patience, and a positive vibe!! Hope, patience, and a positive vibe!!    
  August 31 " International Overdose Awareness Day"                                                  ( I attempted to write a poem addressing various modes of drug overdoses and some suggestions regarding them.) 4 years old playful Neal Sees Momma taking a pill "Wow- candy", Baby gets eager Alas! Momma kept it near Coincidence, it wasn't that bitter Poor Neal shared it with Peter Momma enters to check on her son Realized what she had done Cautious to drugs; don't be late Only you can change your fate!! 14 years Eva locked in a room Lonely, Bored, feeling of impending doom Her boyfriend betrayed her feeling She sees no way to healing No appetite and sleepless nights Could not judge wrong versus right The world seemed cheesy for her A handful of drugs was easy for her Timely psychological counseling and positive vibes Could have saved her be...
कबिता: आमा (धर्ति- माता) नसा नसामा धड्कन तिम्रै, भबिस्यको खोजी यही   पहिलो पाइला जिन्दगीको,न्यानो स्पर्स त्यो माटोसङ्गै  white coat र stethescope,, आमा तिमीले देखाएको त्यो बाटोसङ्गै!!  देशका लागी मर्छु भनी, भनुं र खोइ मेरी आमा बरु बाची हेर्छु जिबन Nightingale को त्यो साटोसङ्गै आमा तिमीले देखाएको त्यो बाटोसङ्गै!! सभ्यताको खोस्टो वोड्दै, सन्जाल त्येस्मै फस्दा हामी  अमृतसमान दिक्षा तिम्रा, सन्कल्पको त्यो खाटो सङ्गै आमा तिमीले देखाएको त्यो बाटोसङ्गै!!  भिसड् युध एतिहासका,अस्तित्वमा हाँस्दा बैरी   बिरताको गाथा गाउँने, मुर्तिरुपी त्यो लाटोसङ्गै आमा तिमीले देखाएको त्यो बाटोसङ्गै!! साच्चै महान मेरी आमा, अटुट तिम्रा साथहरु  हर घाउकी मलम तिमी, बिरामीको त झन् पाटोसङ्गै आमा तिमीले देखाएको त्यो बाटोसङ्गै!! हरेक खुशी हरेक कदम,अधुरै लाग्छ तिमीबिना  हरेक पलमा तैनाथ तिमी, लड्खडाउदाको त्यो भाटोसङ्गै  परे ज्यानकै बाजी मेरो  केबल तिमीले देखाएको त्यो बाटोसङ्गै  आमा केबल तिमीले देखाएको त्यो बाटोसङ्गै!!