Posts

Showing posts from March, 2019
                  "नारी दिवस विशेष गजल"    International Womens' Day                                  नाराभित्रै अटाएर नारीलाई बुँदाभित्र कुरा बढाँउछन् त के भनूँ एउटा दिनलाई छुट्टयाएर, नारी दिवसको धुप चढाँउछन् त के भनूँ २ कक्षाको कलिलो माटो,आमा भान्से बुवा अफिसको बाटो ७ र ७०को विहे त स्वस्थानीमा अझै पढाँउछन् त के भनूँ। नाराभित्रै अटाएर नारीलाई, बुँदाभित्र कुरा बढाँउछन् त के भनूँ।। माया ममता शक्ति र सुन्दरताका खानि त अवश्य हुन् नारी त्यही निहुँमा धर्मयुद्द र विश्वयुद्द लडाँउछन् त के भनूँ। एउटा दिनलाई छुट्टयाएर, नारी दिवसको धुप चढाँउछन् त के भनूँ।। कमजोर भएपछि आरक्षण होइन सक्षम बन्ने अवसर हो दिने योजनाको कमिसन र कार्यक्रमको भत्तामै आँखा गढाउँछन् त के भनूँ। नाराभित्रै अटाएर नारीलाई, बुँदाभित्र कुरा बढाँउछन् त के भनूँ।। निर्मलाजस्ता निर्दोषलाई न्याय देऊ सरकार भन्दै गर्दा अर्चना र ज्योतीहरु आफ्नै बुद्दि सढाउँछन् त के भनूँ। एउटा ...
               साहित्य  विशेष                 गजल: म्युजिकल्ली मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली झुम्दैछ युवा पुस्ता, तिम्रै त छ खल्लीबल्ली instagram, facebook र my dayका storiesभरि डाँडापाखा,गाउँ सहर घरघर र गल्लीगल्ली  मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली।। Tiktok जसरी thikthak भईदिए पो जिन्दगी  परभूमि, मरभूमि यहाँ त जन्मभूमिमै पनि बिचल्ली तर बाल?? झुम्दैछ युवा पुस्ता, तिम्रै त छ खल्लीबल्ली।। नसाजस्तै उनको नसानसामा नसै भएपछि उनी पनि प्रस्तुतिमै नसालु भै टल्लीटल्ली हल्लीहल्ली  मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली।। नबनाउ क्यारे tiktok भन्दा स्विकार्ला र युगले भन्दै lollypop लागेलु र baby doll मैे डल्लीडल्ली झुम्दैछ युवा पुस्ता, तिम्रै त छ खल्लीबल्ली।। musically stars र उनका fan followers subscribers देश बनाउलान् झै तल्लिन छन्, सङ्घर्षले तल्लीतल्ली मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली।। प्रेम, प्रस्ताव, बिछोड, संघर्ष र घरघरका कहानी कथैपिछ्छे उनी भावुक, दयालु,...