गजल सन्सारलाई जिताई आफैसङग हार्न मन छैन खुशी छु कि छैन, तथ्यहरु स्विकार्न मन छैन ! छेपारो जस्तै बदलिन्छ्न रङ्ग, समय भन्दा तेज बचाउछु दुनियालाई भनी भित्र आफै मार्न मन छैन ! सन्सारलाई जिताई आफैसङग हार्न मन छैन ! अस्तित्व र स्वाभिमान, बनाउदै र गुमाउँदैमा गर्जिएको बादल बनी पछि आफै फार्न मन छैन ! खुशी छु कि छैन, तथ्यहरु स्विकार्न मन छैन ! अमुल्य छ समय यो, भविस्यको कल्पना झन थमथमाउदै बिचारहरु, बर्तमान यो टार्न मन छैन ! सन्सारलाई जिताई आफैसङग हार्न मन छैन खुशी छु कि छैन, तथ्यहरु स्विकार्न मन छैन !
Posts
Showing posts from 2022
- Get link
- X
- Other Apps
चाडबाडमा स्वस्थ खानेकुराको प्रयोग कसरी गर्ने ? वर्षभरिका दु:ख, पीडा र दुरी सबै भुलाउँदै आफ्नो परिवार र आफन्तजनसँग माया र आर्शिवाद साटासाट गर्न पाइने दशैं पर्वको गरिमा निकै ठूलो र हर्सोल्लासपूर्ण छ । निधारभरी राता अक्षता र कानमाथि हरियो जमरा सिउरिएर लठ्ठे पिङमा “चचहुई“ भन्दै मच्चिने हामी नेपालीको परम्परा विश्वमै बेजोड छ । दशैं भन्नासाथ धेरैको मनमा झझल्को आउने अर्को चिज हो, मासु । दशैंमा माछामासुको अत्याधिक मात्रामा प्रयोग गरिन्छ । दशैंतिहार लगायतका चाडबाडकाबेला आफ्नो स्वास्थ्यलाई कसरी ख्याल गर्न जरुरी छ । पुरा पढ्नको लागी लिन्क बाट खबर स्टोरी मा जानुहुन अनुरोध गर्दछु । https://khabarstory.com/category/health-fitness/cadabdama-savasatha-khanakaraka-parayaga-kasara-garana
- Get link
- X
- Other Apps
चट्याङ (LIGHTENING) When thunders roar, go indoor. सानो छदाँ आकाश गर्जनासाथ कुद्दै ममिको काखमा लुटपुटिन पुगिन्थ्यो। घरबाट टाढा भएको बेला दुई हात जोडी छातीमा टसाउदै कुक्रुकिएर बसिन्थ्यो। र कहिलेकाही त चिरिदै 'ममी' भन्दै भागीन्थ्यो। कहिलेकाही त चट्याङको आवाज नआएको तर प्रकाश मात्र देखिएका बेला 'उ आकाशले हाम्रो फोटो खिच्यो' भन्दै मख्ख परि अनेकौ पोज दिइन्थ्यो। आकाश चड्किएपछी लगत्तै पानी पर्यो भने 'दाइको रुमाल भाउजुलाई मन पर्यो ' भन्दै गुनगुनाउदै रुजिरुजी नाचिन्थ्यो। बाबाममिको नजरमा लुकिलुकी भएपनि सिमसिम पानीको खुब मजा लिइन्थ्यो। असिना पर्दा टिपेर कस्ले लामो समयसम्म मुखमा राख्ने कम्पिटिसन गरिन्थ्यो। पोलेको बेलामा लगाउने भन्दै बट्टामा जम्मा गरिन्थ्यो। शैशबकालका ति अमुल्य क्षणहरु सम्झिदा ...
- Get link
- X
- Other Apps
Children's day: I am always grateful how my parents love me. MERI AAMA झिस्मिसेमै ब्युजी तल, झर्दिहोलिन मेरी आमा सुत्ने बेला सम्झी आँखा, भर्दी होलिन मेरी आमा काखमा सानो बच्चा बोकी हिंडेको कोही भेटिन भने मेरै बचपन झलझली याद, गर्दिहोलिन मेरी आमा झिस्मिसेमै ब्युजी तल, झर्दिहोलिन मेरी आमा final exam सक्केको छ, अब बिदा हुन्छ भन्दै छोरी आउछे भन्ने आसमा, पर्दी होलिन मेरी आमा सुत्ने बेला सम्झी आँखा, भर्दी होलिन मेरी आमा छोरीलाई मन पर्छ यो त, आउँदा खाली भन्ने सोची बारीभरी अनदी धान, छर्दी होलिन मेरी आमा झिस्मिसेमै ब्युजी तल, झर्दिहोलिन मेरी आमा झिस्मिसेमै ब्युजी तल, झर्दिहोलिन मेरी आमा #special_dedication
- Get link
- X
- Other Apps
((आखिर तिमी नै त आफु रहदैनौ जब)) THE CADAVER HALL...... सास चल्दै, धड्कन बोल्दै, सोच्दै हुन्थ्यो मस्तिस्क मेरो म्रित एउटा मानब त्यहा, आँखा तन्काइ मलाई पो हेर्यो formalin ko पिरो गन्द, उजाडलाग्दो त्यो सेरोफेरो लोभ गर्यौ, घमन्ड गर्यौ, हेर त अन्त्य पत्थर भै फिर्यो लोभ गर्यौ, घमन्ड गर्यौ, हेर त अन्त्य पत्थर भै फिर्यो!!! white coat र gloves मेरो, सुरक्षाको त्यो आवास कस्तो प्राण छदा राज गर्ने, आज बिबस त्यो लास कस्तो काट्दै छियाछिया पार्ने झनै, विद्यार्थीको त्यो मास कस्तो कतै नदी, कतै माटो आखिर सृस्टिको त्यो बिनास कस्तो कतै नदी, कतै माटो आखिर सृस्टिको त्यो बिनास कस्तो!!! दुखेर रोइ कराउदो हो, कठै बारा ऊ रिसाउदो हो ज्ञानकै त ज्योति बाडेको हुँ,भन्दै पो चोट बिसाउदो हो सम्मान कहाँ गर्थ्यौ र हामी, freezed आत्मा झन ऊ चिस्याउदो हो नपढेर गफ हाँक्ने मुर्ख,ब्यङग गर्दै ऊ खिस्याउदो हो नपढेर गफ हाँक्ने मुर्ख,ब्यङग गर्दै ऊ खिस्याउदो हो!!! गाइगुइ त्यो हल अनि, रमिताजस्तै दुई चार शब एकान्तमा...