"गरिबलाई परिचयपत्र"

(( एक वर्षअगिको गरिबी परिचयपत्र वितरण सन्दर्भ ))

 जन्मिदै गरिब, ऊ जन्मिदै धनी
मलाई आज के खानी, उसलाई मनीमनी|
सग्लो यही ज्यान छ हजुर सम्पत्तिको नाउँमा 
५ वटा जिल्लाको तोकिएको गाँउमा
आए फेरि नेता पैसो कुम्ल्याउने दाउमा
गरिबी निवारण मन्त्रालयले २ अर्ब खर्च गर्यो
गरिबी परिचयपत्र पो हातमा पर्यो
अब के गर्वले फुलोस् छाती नाईँ आशुँ झर्यो|
तिनी पुगे थाइल्याण्ड र भियतनाम
मलाई खानु छैन नगरि काम
तर भविष्य सम्झिएर बाँच्नैपर्यो
गधाझैँ लतारिएर मुसुक्क हाँस्नैपर्यो|
 हेपेर नबोल सके इज्जत गर्न सिक
भो चाहिएन तिम्रो दयाको भिक
गरिखान देऊ चलाउछम् सीप
जति खण्डन गरेपनि नपलाउने तिम्रो ईख,
चुनाव आँउदा आशाका पोका
दुई महिनामै जनतालाई धोका
बनायौ है भेडा र बोका|
 देशका छोराछोरी अर्काका गुलाम
केही वर्षमै हजुर पार्नेभए लिलाम
संघीय आयो, बढे खर्चका खाकाहरु
सेवा बढ्ला भनेको,बढे गिद्दे आँखाहरु
एउटै प्रदेशमा नेतालाई ७० गाढी चाहिनेभो
जागिर दिन्छम् भन्थे ड्राइभरको पो खाइनेभो
जता आफ्नो प्लटिन्ग उतै सदरमुकाम
मेरो ठाडो शिर अझै कति झुकाम?
खाको लाको पनि झन्झन् चर्को कर
त्यही पैसाले नेताका ठडिए घर
जुकाले झैँ चुस्ने पनि नपढेरै सर
देश डुबाउन भन्दा त फाँसी चढी मर
देश डुबाउन भन्दा त फाँसी चढी मर||

Comments

Popular posts from this blog