ईश्वर ; एक आस्था र अनुभव
यात्रा थियो नारायणगढदेखि कावासोती करिवन ३२ कि.मि. पव्लिक बस ५० मिनेट । बस खचाखच थियो। बिचबाट १ जना महिला चढ्छिन्, पछ्यौराले बाँदेर बच्चालाई अगिल्तिर काखमा च्याँपेकी उनी लगभग आदा घन्टा उभिएर यात्रा गर्दा सिट छाडिदिने कोही भएन। यत्तिकैमा एउटा खोलाको पुल आउँछ र उनको छेउमा बसेका दुई अर्धवैशे महिलाले नमस्कार गर्दै शिर झुकाँउछन्। म पछिल्तिर उभिएको थिए, हेरेको हेरै भए, नतमस्तक। के थियोे त्यो? धर्म ? झ्यालबाट देखिने बाहिरी दृष्यको रफ्तारजस्तै मनभरि बिचारको रफ्तार थियो। बच्चा बोकेकी आमालाई सिट दिन नसकेकाहरुले पुललाई नमस्ते गरे र गजक्क परिरहे धर्म गरे भन्दै।
बाआमालाई हेँला गरि बृद्दाश्रम पुग्न विवश पार्नेहरु पनि पुजा गर्दाहुन् हगि, व्रत बस्दाहुन्, मन्दिर धाँउदाहुन् र प्रार्थना गर्दाहुन् "हे ईश्वर मलाई कहिले दुःख नपरोस्।" नारी अस्तित्वमा बलत्कार गरेर हिड्नेहरु पनि आफुलाई दुःख पर्दा गुहार्दाहुन् "भगवान् मेरो रक्षा गर"। अरुलाई रुवाउने, चित्त दुखाउने, निमुखा ,असाहाय र पिछडिएकालाई इज्जत नदिनेहरु, दुःख पाएर माग्दै हिडेकालाई गालीले गलत्याउनेहरु सबै घर पुगेपछि भगवान्को तस्बिरमा, ढुङ्गाको मुर्तिअगाडि, घन्टी बजाँउदै, प्रसाद राखेर, फुलअक्षेतासहित साँझ बत्ती बाल्दै मख्ख पर्दाहुन् "मैले धर्म गरिरहेको छु।" जीवनमा २ सय रुपैयाको दान गर्न नसकेकाहरु २लाख खर्च गरेर मुक्तिनाथ, गया, कासी, हरिद्वार र वृन्दावनसम्म पुग्दाहुन् र सोच्दाहुन् "आहा अब त स्वर्ग पुग्नेभइयो।"
ईश्वर आस्था हुन्, ईश्वर अनुभूति हुन्, यसर्थ आफ्नो ठाँउमा उनी पनि सही होलान् जसले मठमन्दिर, व्रत र पुजापाठमा ईश्वरको अनुभूति गरे। तर यति बुझ्नु जरुरी छ कि ईश्वर तस्बिर,मुर्ति, ढुंगा या मन्दिरको चौघेराभित्र सजिसजावट भएर बस्दैनन् , यिनी मानिसको मन, कर्म र व्यवहारमा छन्। ईश्वर छन्, २१ओेेेेँ शताब्दी त के आउने हजारौं वर्षसम्म रहनेछन् तर कहाँ? पुजा गर्ने हातभन्दा सेवा गर्ने या दीनदुःखीलाई ममताको स्पर्श दिने हातमा, भजन गाँउने ओठभन्दा सदाचार र सद्भाव बोल्ने ओठमा। खाली पेटमा गरेको पुजा, चढाइएको प्रसाद र दुधभन्दा भरिदिएको कसैको भोको पेटमा। हजुर, २०० तिरेर खाएको पिज्जाबर्गरमा आउने आनन्दभन्दा खान नपाएर भौतारिएकालाई २०रुपियाकै भएपनि बिस्कुट दिदा तिनको अनुहारमा देखिने कृतज्ञता र आशिर्वादको मीठो मुस्कानले दिने आनन्दमा जब हामी जीवनको सार्थकता भेट्नसक्ने हुनेछौं, जब बगिरहेको आँशु पुछेर मुस्कान भरिदिने हुनेछौं, जब मुर्ति र तस्बिरभन्दा बढी मातापिता र मानवतालाई पुज्नसक्ने हुनेछौं तब मात्र साक्षात भगवान्को दर्शन हुनेछ।
तसर्थ ईश्वर छन्, उनी यस्तो शक्ति हुन् जसले मानिसलाई सत्मार्गमा हिड्न अभिप्रेरित गर्छ, अप्ठ्यारोमा पर्दा आशा र भरोसा दिन्छ, गलत गर्नेलाई पापरुपी त्रासले सताँउछ, र मानवसेवा र सत्कर्म गर्नेलाई धर्म र स्वर्गकोे नामले या सन्तुष्टि र सार्थकताको भावले सदैब उजागर र प्रेरित गरिरहन्छ। त्रिपिटक, वेद, बाइबल, कुरान, अदि ग्रन्थ, कोजिकी,अगमस या जुनसकै धर्मग्रन्थ। आस्तिक या नास्तिक। अध्यात्मवाद या भौतिकवाद। धर्म निरपेक्षता या सापेक्षता। यी सब एक उल्झन हुन्। धर्म भनौँ या जीवनको सार्थकता मानवसेवामा नै छन् ईश्वर, हामीभित्रै छन् ईश्वर।। जय होस्।।

Comments
Post a Comment