साहित्य  विशेष 
               गजल: म्युजिकल्ली

मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली
झुम्दैछ युवा पुस्ता, तिम्रै त छ खल्लीबल्ली

instagram, facebook र my dayका storiesभरि
डाँडापाखा,गाउँ सहर घरघर र गल्लीगल्ली 
मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली।।

Tiktok जसरी thikthak भईदिए पो जिन्दगी 
परभूमि, मरभूमि यहाँ त जन्मभूमिमै पनि बिचल्ली
तर बाल?? झुम्दैछ युवा पुस्ता, तिम्रै त छ खल्लीबल्ली।।

नसाजस्तै उनको नसानसामा नसै भएपछि
उनी पनि प्रस्तुतिमै नसालु भै टल्लीटल्ली हल्लीहल्ली
 मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली।।

नबनाउ क्यारे tiktok भन्दा स्विकार्ला र युगले भन्दै
lollypop लागेलु र baby doll मैे डल्लीडल्ली
झुम्दैछ युवा पुस्ता, तिम्रै त छ खल्लीबल्ली।।

musically stars र उनका fan followers subscribers
देश बनाउलान् झै तल्लिन छन्, सङ्घर्षले तल्लीतल्ली
मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली।।

प्रेम, प्रस्ताव, बिछोड, संघर्ष र घरघरका कहानी
कथैपिछ्छे उनी भावुक, दयालु, रिसाहा र जल्लीझल्ली
झुम्दैछ युवा पुस्ता, तिम्रै त छ खल्लीबल्ली।।
मसक्कल्ली, मस्तीकल्ली र म्युजिकल्ली।।


Comments

Popular posts from this blog