"नारी दिवस विशेष गजल"   

International Womens' Day                                 

नाराभित्रै अटाएर नारीलाई बुँदाभित्र कुरा बढाँउछन् त के भनूँ
एउटा दिनलाई छुट्टयाएर, नारी दिवसको धुप चढाँउछन् त के भनूँ

२ कक्षाको कलिलो माटो,आमा भान्से बुवा अफिसको बाटो
७ र ७०को विहे त स्वस्थानीमा अझै पढाँउछन् त के भनूँ।
नाराभित्रै अटाएर नारीलाई, बुँदाभित्र कुरा बढाँउछन् त के भनूँ।।

माया ममता शक्ति र सुन्दरताका खानि त अवश्य हुन् नारी
त्यही निहुँमा धर्मयुद्द र विश्वयुद्द लडाँउछन् त के भनूँ।
एउटा दिनलाई छुट्टयाएर, नारी दिवसको धुप चढाँउछन् त के भनूँ।।

कमजोर भएपछि आरक्षण होइन सक्षम बन्ने अवसर हो दिने
योजनाको कमिसन र कार्यक्रमको भत्तामै आँखा गढाउँछन् त के भनूँ।
नाराभित्रै अटाएर नारीलाई, बुँदाभित्र कुरा बढाँउछन् त के भनूँ।।

निर्मलाजस्ता निर्दोषलाई न्याय देऊ सरकार भन्दै गर्दा
अर्चना र ज्योतीहरु आफ्नै बुद्दि सढाउँछन् त के भनूँ।
एउटा दिनलाई छुट्टयाएर, नारी दिवसको धुप चढाँउछन् त के भनूँ।।

जिम्मेवारी बराबरी, एकै रथका दुई पाङ्ग्रा त भनिराख्नै नपर्ने पो
सत्ययुगमा सतीलाई त कलियुगमा आफ्नै धर्म डढाउँछन् त के भनूँ।
नाराभित्रै अटाएर नारीलाई, बुँदाभित्र कुरा बढाँउछन् त के भनूँ।।

पीडित त पुरुष पनि होलान्, सबै नारी असल कहाँ?
समाजले नै "By Nature"को खोस्टो ओढाउँछन् त के भनूँ।
एउटा दिनलाई छुट्टयाएर, नारी दिवसको धुप चढाँउछन् त के भनूँ।।

Comments

Popular posts from this blog