गजल : ऊनी 

जाली यो दुनियाँको शिकार बनिरहे ऊनी 

सबलाई खुसी राख्न, आफै पुर्ने खाल्डो खनिरहे ऊनी 

कर्ममा भगवान राख्नु, तर एक कानले सुनि उडाउनु भने,

मरिसकेको मानवतामा हिसाब गनिरहे ऊनी 

जाली यो दुनियाँको शिकार बनिरहे ऊनी 

आफ्नै त्याग र तपस्याले सिर्जिएको जीवन यो

गल्ती केहि छैन, बाच्न देउ मलाई भनिरहे ऊनी

सबलाई खुसी राख्न, आफै पुर्ने खाल्डो खनिरहे ऊनी

पुरातनवादीको झटारो, उनको गर्दनमै लाग्यो

टुलुटुलु हेरे मैले,  छट्पटिएर  कनिरहे ऊनी

जाली यो दुनियाँको शिकार बनिरहे ऊनी 

सबलाई खुसी राख्न, आफै पुर्ने खाल्डो खनिरहे ऊनी

Comments

Popular posts from this blog