कबिता: जिन्दगीको बुझाई


भगवानको नाम जपि, देखेको न्याय गरिन्छ यहाँ 

गलत र चाप्लुसी गर्न , लाग्दैन मलाई कर कसैको


स्वार्थका अनेक रङ, पुरा गर्ने अनेक चाल

आफैलाई दरो बनाएको छु, लाग्दैन मलाई भर कसैको


उचाल्ने र थेचार्ने, उडाउने र पछार्नेहरुसङग 

चिनेको छु आफुलाई, लाग्दैन मलाई जहर कसैको


जिन्दगीको भोगाइले सिकाइदियो  धेरै कुरा 

आदि हुरि जे आओस् , लाग्दैन मलाई डर कसैको


सेवामा सन्तुष्टि, परिश्रममा बिश्वास गर्न सिकेको मान्छे

पहिचान कोर्ने जमर्कोमा, लाग्दैन मलाई धर कसैको

Comments

Popular posts from this blog