प्रसुती बेथामा पनि तुइनमा थिइन उनि, जब मैले अन्तिमपल्ट देखे उन्लाई 

तर पनि सम्जाउदै थिइन्, जेठि छोरिलाई उनि, यसैले त आज सलामिमा दुई अक्षर लेखे उनलाई!!!!!


धमिला त केबल उनका आखा भए रोगले, तर नजरमा सधै आसाका निश्छल किरडहरु पाउथिइन उनि

म भनु कसरी, छोरिका निर्दोस गाला सुम्सुमाउदै, फाटद्इ गरेका सपनालाई, यसरी सिलाउथिइन उनि

असह्य चोट र आखाका आसुसँगइ लुकामारी खेल्दै खेलाउदै, छोरिको ओठमा हासो यसरी  मिलाउथिइन उनि

ढुङ्गाको काप फोरेर उम्रने पिपलु उनि, सोच्दथ्यो को यसरी तुइनभित्रै बिलाउथिइन उनि


अनौठो लागिरह्यो अच्म्म उनको सहास देखेर, म हेरेर रोहिरहे उनि त गैन हासिहासि

बाच्न सिकाइन मलाई, राम्रो भनु या नराम्रो सपना पो रहेछ जब ब्युजिए एक्कासी

र मुस्काउदै भने जे पर्ला टर्ला तर बन्दिन कहिले परिस्थितिको दासि

हार्नुभन्दा आफैसँग बोरु चडनु फासी कि त जानु कासी  हरिहरी 

Comments

Popular posts from this blog