कबिता :
जब ऑफुभित्रको आफू, अहम् र अस्तित्व नै बन्दगी राख्छौ!!
वरू आफै सानो भईदिन्छौ, झुकिदिन्छौ, उडिदिन्छौ|
तब अगाडि ऊचाल्नेहरू पछाडि थेचार्दा रैछन्
अनि विस्तारै बुझ्न वाध्य हुदो रहैछौ,,,
सायद जीवन उचाई होइन, गहिराई हो!!!
सायद जीवन उडान होइन, स्थिरता हो!!!
जब सबैलाई आफ्नो ठान्छौ, भलो गर्छौ, माया गर्छौ!!!
तर राम्रो गर ठोकिन्छौ, नराम्रोमा झन् टोकिन्छौ|||
तब अौलो दिदा डुडुलो निल्नेहरू आफै ओकल्दा रैछन्,,,
अनि बिस्तारै बुझ्न वाध्य हुदो रहैछौ,,,
सायद जीवन धर्म होइन मर्म हो|||
सायद जीवन सोचाइ होईन भोगाइ हो||||||
जब सन्सार नैै सिकाउछ आफ्नो सोच अरूको छोड्देउ!!!
तर गल्ती बारबार अरुकै खातिर सोच्छौ||||
तब तौलिइन्छौ, जोखिइन्छौ, लेखाजोखा हुन्छ तिम्रो,,,
अनि बिस्तारै बुझ्न बाध्य हुदो रहेछौ,,,
सायद जीवन हल्काई होइन वोजन हो|||
सायद जीवन खुल्ला पुस्तक होइन रहस्य हो||||||
Comments
Post a Comment