गजल : बुवा 

५२ घुस्सा ५३ ठक्कर खानुपर्छ भन्थ्यौ बाबा 

बिगत हरेक पलबाट मैले सिक्ने पाठ तिमी

डग्मगाउदा कम्जोर काय साहास अनी आट तिमी 

बिगत हरेक पलबाट मैले सिक्ने पाठ तिमी!!! 


अन्त्य नै नयाँ सुरुवात भन्थ्यौ, उर्जारुपी भरोसा हर्दम 

सुख अनी दु:ख गाउँने मिठो एउटा बात तिमी 

असिमित यो सौहार्दता, मायाको प्यारो जात तिमी

सुख अनी दु:ख गाउँने मिठो एउटा बात तिमी!!!


निस्पस्ट त्यो अन्धकार र समयसँग डराईदीन्थे 

एकान्त त्यो पिडाभित्र मैले पाउने साथ तिमी 

उकाली या ओराली होस डोराइ हिंड्ने हात तिमी 

एकान्त त्यो पिडाभित्र मैले पाउने साथ तिमी!!!        


दुनियाँ मस्त आँफैभित्र तिमी बाच्यौ मेरा खातिर 

स्वाभिमान यो गाथा बोक्ने अटल मेरो माथ तिमी 

नौलो सप्ना बोकी आउने पुर्णिमाको रात तिमी

स्वाभिमान यो गाथा बोक्ने अटल मेरो माथ तिमी!!! 


Comments

Popular posts from this blog