#dedicated
#medlife #through _the_ blues_and_greens
मन पढ्ने आँखाहरु, आँखा पढ्ने मनहरु
बेहोसी झै पीडामा छट्पटिएका तनहरु
हल्लाइएको टाउकोसङ्गै सान्त्वनाका चुम्बनहरु
ventilator र pacemaker ले धानिदिएका धड्कनहरु
आसैआसमा कुरिरहेका ती प्रिय जीवनहरु
बचाउँछु भन्दाभन्दै रित्तिएका बाकसका धनहरु
सङ्गसङ्गै रित्तिएका खाली खाली मनहरु
सङ्गसङ्गै रित्तिएका खाली खाली मनहरु।।

फर्की आउँछु घर भन्ने ती निर्दोष वाचाहरु
terminal illness ले झस्किएर टुलुटुलु बुख्याँचाहरु
जीवनसङ्ग लड्दालड्दै कराँतेका झै धाँचाहरु
इच्छामृत्यु माग्दै सम्झौताका लामा ढाँचाहरु
फर्कदा सेतो कपडा, फुल, कसैका त बाजाहरु
यसैयसै बिलाएछन् कसैकी रानी त कसैका राजाहरु
यसैयसै बिलाएछन् कसैकी रानी त कसैका राजाहरु।।

विश्वास र भरोसाले हस्पिटल धाउनेहरु
हास्दैहास्दै घर फर्किदा रुदैरुदै आउनेहरु
दुखिरहेको घाउमा शित्तल मलम पाउनेहरु
मुस्कान र आशिर्वादले जीवनको अर्थ बुझाउनेहरु
अनि डाकसाब अरु हास्दा आफू रमाउनेहरु
भोक, निद्रा त के ज्यानकै बाजी लाउनेहरु
ईश्वरकै रुप हुन्छन् अरे यो क्षेत्रमा अाउनेहरु
ईश्वरकै रुप हुन्छन् अरे यो क्षेत्रमा अाउनेहरु।।




Comments

Popular posts from this blog