खुल्ला चुनौति: फाँसी देऊ
कालीकोटबाट हिँडेको एउटा ambulance। भैगो त्यति पर पनि नजाउ क्यार, यीँ पर सिन्धुपाल्चोकको एउटा डाँडाबाट हिँडेको ambulance।ओहो ! यति भन्दै गर्दा फेरि २ घण्टा stretchorमा च्यानाकुटि झ्याई पारेर तिपेनी health post मा ल्याइपुर्याइएकी एकजना ५५ वर्षकी आमाको याद आउँछ जसलाई हामी health camp गएका बेला MI (heart attack) सस्पेक्ट गरेका थियौ। literally नै त्यहाँ उपचारका लागि केही थिएन, आमासँग बचेकुचेका ५ वटा aspirin का tablets मागेर खुवाइयो। वरपर झुम्मिएर कसैले harrison कसैले davidson कसैले sayami sirको बुक को गफ लडाइयो, DAPT देखि लिएर thrombolysis र PCIसम्म, DIDOका highfi गफसम्म। तर आमाको अनुहारमा देखिन थालेको central cyanosis र घट्दै गएको oxygen saturation लाई oxygen therapy सम्म पनि दिन नसकेकोमा हामी निशब्द र निर्लज्ज थियौं। आफुले पढेका theory फलाक्नुमा कुनै गर्भ रहेन, हामी त फगत भाषण दिइरहेका थियौँ जसरी दिन्छन् हाम्रा नेताहरु तारा झार्ने भाषणहरु, फगत, निर्लज्ज। फरक यति रह्यो नेता सानसन्ग फेक्छ भने हामीलाई helplessness को ग्लानीले पोलिरह्यो। Ambulance को खोजी पनि गरिदै थियो तर अहँ अत्तोपत्तो थिएन, भएपो आाँउथ्यो। zeep ले नै काम चलाऊ भन्यो zeep पनि भएपो कतै। अन्ततः stretchor मै बोकाएर melamchi PHC पठाइयो।यसरी सिन्धुपाल्चोकको तिपेनीबाट हिडेँको मेरो ambulance मा पुर्णबिराम लाग्छ, आखिर देख्दै नदेखेको ambulance को बारेमा म थप के नै लेख्न सक्थे र। ठिकै छ, यही पर थानकोटमा भएको road traffic accident तिर लागौँ; टिप्परको ठक्करबाट पैदल यात्रु घाइते,उनलाई भयो tension pneumothorax, समयमा अस्पताल पुगे बाँच्छन् अरे। तर, त्यो थानकोटको जाममा टुडुटुडुटुडु गर्दै हर्न बजाइरहेको ambulance भित्रको त्यो अस्पताल कुरिरहेको एउटा धड्कन कुनबेला बन्द भईदिन्छ, त्यसको जिम्मेवारी को? कर्णाली पारी आदा जिऊ paralysis हुँदा आँखा पाट्टिने गरी आकाशको जहाज कुर्दै बसेका बिरामीको भविष्य खोइ सरकार? सडक निकास नभएर दुर्गम डाँडाबाट डोकोमा झारिएकी प्रसव रक्तश्रावले भिझेकी अामाको जीवन खोइ? तिमीले खाडी पठाएका नेपाली बाकसमा फर्किदा दोष कस्को थियो?
स्वास्थ्य क्षेत्रलाई बजेट बिनियोजन गरेनौ कि? सडक र यातायातले बजेट पाएन कि? अनुदानले थेगेन कि? अरबौले पनि तिम्रो खल्ती भरिएन कि? भागबण्डामा पुगेन कि? तिनै भ्रष्टाचारी नेताले त हजारौलाई मारेका छन्, जानीजानी, प्रत्यक्ष र अप्रत्यक्ष, कतै अरबको खाडीमा, कतै दुर्गम बस्तीमा, कतै डोकोमा, कतै थानकोटको जाममा, कतै सडकको खाल्डाखुल्डीमा। अनि बिचरा एउटा डाक्टर जो जिवनभर घुडा धसेर पढ्छ, मिहिनेत गर्छ, कति रात night duty गर्छ, दिउसको १ बज्दा पनि उ चारो टिप्न भ्याउदैन, बिरामीको राम्रो होस् ऊ सक्दो प्रयास गर्छ र गर्दागर्दै पनि नुनपानीको शरीर हो तलमाथि हुनसक्छ, बिरामी रोगकै कारण मर्छ, डाक्टरकै वशमा हुदैन कति चिज अनि के छ र? गुन्डेमुन्डे जम्मा गर, कुटिदेऊ, मारिदेऊ, खेल खत्तम????? खबरदार डाक्टरलाई किन गर्छौ? उसले त जीवन अर्पण गरेको छ बिरामी सेवामा। एकजना मर्दा डाक्टर कुटिन्छन् भने त हजारौ मार्ने नेतालाई फाँसी देऊ न, के हेरिरहेछौ? सक्छौ त बुद्दिजिवी वर्ग, डाक्टरलाई माया, सम्मान र सम्रक्षण दिदै नेतालाई खबरदार गर्न, आइपरे फाँसीमै चढाउन?? सोच्नैपर्छ तिमीले, अाँखाको पट्टि हटाउनैपर्छ तिमीले।।
Comments
Post a Comment