गजल: उनलाई भेटेपछि 


वाँकि त अैरे गैरे लाग्यो, सबको माया मारिदे भन्छ
कसैको प्रस्ताव अायो भने, अर्कै छ भन टारिदे भन्छ।

उसकै फोटो खिच भन्छ, यो मनको DSLR
उसैलाई focus गर, background लाई blur पारिदे भन्छ
 वाँकि त.......

जुन दिनदेखि भेटे उसलाई, फेरियो नजर संसार हेर्ने
attitude छोड altitude बढा, ego सिगो झारिदे भन्छ
कसैको प्रस्ताव..........

 माछा माछा भ्यागुतो होलास्, जिन्दगीभर सम्झेर रोलास्
उसकै तालमा जाल विछ्याई, जालमा माछ्छो पारिदे भन्छ
वाँकि त........

सपनाको दरबार सजाईहाल, ऊ राजा तै रानी
मरेपछिको स्वर्ग कसलाई थाहा, मायामै वैतर्णी तारिदे भन्छ
कसैको प्रस्ताव .......

Comments

Popular posts from this blog