गजल
सन्सारलाई जिताई आफैसङग हार्न मन छैन
खुशी छु कि छैन, तथ्यहरु स्विकार्न मन छैन !
छेपारो जस्तै बदलिन्छ्न रङ्ग, समय भन्दा तेज
बचाउछु दुनियालाई भनी भित्र आफै मार्न मन छैन !
सन्सारलाई जिताई आफैसङग हार्न मन छैन !
अस्तित्व र स्वाभिमान, बनाउदै र गुमाउँदैमा
गर्जिएको बादल बनी पछि आफै फार्न मन छैन !
खुशी छु कि छैन, तथ्यहरु स्विकार्न मन छैन !
अमुल्य छ समय यो, भविस्यको कल्पना झन
थमथमाउदै बिचारहरु, बर्तमान यो टार्न मन छैन !
सन्सारलाई जिताई आफैसङग हार्न मन छैन
खुशी छु कि छैन, तथ्यहरु स्विकार्न मन छैन !
Comments
Post a Comment