" लुट्न सके लुट "

एकचोटि संकास्पद चोरहरुलाई जम्मा गरिन्छ, सबैलाई एउटा एउटा बराबर नापको लौरी दिइन्छ र भनिन्छ  भोलि बिहान उठ्दा चोर्ने मानिसको लौरी एक इन्च लामो हुन्छ। जो चोर    थियो उस्लाई डर लाग्यो र उस्ले लौरीलाई एक इन्च काटिदियो, वाकिलाई न डर न चिन्ता। रहस्य यस्तै छ लुट्न सके लुट बोलको गीतले हाम्रा नेताहरुमा ल्याउनुको आक्रोस, युवा संघले बिज्ञप्ती निकालेर धम्की नै दिनुपर्ने अवस्था अनि आलोचनालाई उछिनेर दौडिएको लोकप्रियता। तर अहँ सत्तामा नभएकै कारणले मात्रै गर्दा कुनै पार्टी बिशेषले यो गीतले हामीलाई ब्यँग्य गरेको छैन भनेर मख्ख पर्नु लज्जास्पद भ्रम मात्रै हो। धेरै देखियो सत्यताको वकालत गर्दा कुनै पार्टी को पूछ्छर झुन्डाइदिइएको।  एउटा कर्मठ देशप्रेमी स्वतन्त्र व्यक्तीले कुनै सत्यताका लागि आवाज उठाउँछ, विश्लेषकले  विश्लेषण गर्छ, गायककारले गीत गाउँछ, पत्रकारले खबर सम्प्रेषण गर्छ, डाक्टरले गुणस्तर चिकित्सा शिक्षाका लागि लड्छ, तर अन्तत्व गत्त आफ्नो फाइदा भेट्ने राजनीतिक दलले त्यसलाई अँगाल्छ र त्यो बिषय राजनीतिकरण गरिन्छ।

आदरणीय गायक पशुपति शर्माले गाउनुभएको लुट्न सके लुट बोलको गीत नेपालीको वास्तविकता र पिडा बोलेकाले अत्यन्त लोकप्रिय हुनु स्वभाविक छ। हाम्रा पुर्खाले सुम्पिएका इज्जत, स्वाभिमान र गौरव विदेशी हस्तछेप र दलाल संगै लुटिदो  क्रम। खाडिमा जुटाइएको  एकएक रुपियाँबाट तिरिएका चर्को राजस्वले ठडिएका नेताका महल, कुदेका चिल्ला मारुती र  विदेशी मदिरा। लुटिएका नारी अस्तित्व र न्यायको खोजी। सुख, शान्ती र समृद्व देश हेर्ने सपना लुटिएझै लाग्छ। नलुटेकै भए आफ्नो उध्यम, व्यवसाय, रोजगार नै नगर्नेहरु गरिब देशका धनि नेता कसरी भयौ?

 हजुर  त्यो आवाज हो आफुलाई भन्दा धेरै माया गरेर हुर्काउनुभएका बाबुआमलाई बुढेसकालमा एक्लै छाडि केबल जिबिकोपार्जनकै लगि भनेर खाडि मुलुकमा दिनरात पसिनाको बली चढाउने प्रत्येक होनाहार युवाको। त्यो आवाज हो जिबनभर साथ दिन्छु भनी ल्याएको श्रीमतीलाई दुई दिन पछाडि एक्लै पारेर बिदेसिनुपर्नेको। त्यो आवाज हो घरमा कलिला बालबालिका बाबा र मम्मी भन्दै तड्पिएको।त्यो आवाज हो न्यायको खोजीमा भौतरिएको। साँच्चै नेपालीलाई गहिरो चोट नपरेको भए किन एकपछि अर्को गीत, टुक्का, ट्रोल हरु यसरी सामाजिक सन्जालमा भाईरल हुन्थ्यो होला र?

गुरु श्री चैतन्य कृष्ण ज्यूले भन्नुभएको एउटा कथा सम्झे – एकपटक चिनियां राजदुत बिरबलजी लाई भेट्न जानुभएछ। बिरबलजीले टुकी बालेर मुलुकको कुनै हिसाबकिताब गरिरहनुभएको रहेछ, उहाले काम सकाएर त्यो टुकी मार्नुभएछ र अर्को टुकी बाल्दै ती राजदुतलाई आफ्नो कुटी मा स्वागत गर्नुभएछ। यो देखेर ती राजदुत् छक्क परेर सोधे – बीरबलजी हजुरले किन अर्को टुकी बालिबक्सिनुभएको? बिरबलले उत्तर दि " अगिसम्म मैले देशको काम गरिरहेको थिए त्येसैले मैले देशको धुकुटिबाट किनेको तेल प्रयोग गरे तर म अैले आफ्नो ब्यक्तिगत काम गरिरहेको छु र अब मलाई देशको धुकुटि प्रयोग गर्ने कुनै अधिकार छैन र यो तेल मैले एकजना शिस्यलाई पढाएको बक्सिस हो “ हो हामी यस्तै देशभक्त इमान्दार नेता खोजिरहेका छौ तर यहाँ नेताहरु एक पटक पदमा पुगेपछी उस्लाई जिवनभर पेनसन जसरी भत्ता देउ भन्दै कराउँछन जबकी अस्थाई या करारमा बर्षौ काम गर्नेहरु विना पेनसन अवकास हुन्छन्। विदेसी टेलिभिजनमा भ्रष्टचारमा नेपाल पहिलो नम्बरमा छ भनेर प्रसारण गर्दा केही कुरामा त हामी फस्ट छौँ भनी गर्वले छाती फुलाउदाँ हुन् लाजै पचिसकेकाहरु। फेरि प्रदुषणमा पनि उस्तै अगाडि।

थाकिसक्यौ हामी मौलाएको भ्रष्टचार देखेर, विदेशीको गुलाम बनेर, निर्मलालाई न्याय दिन नसकेर, देशलाई दीर्गकालिन बिकास दिन नसकेर, देश हाँक्नेको तँ तँ र म म देखेर र व्यत्तिगत स्वार्थमा र्याल चुइएको देखेर। कठै वरा।। तर तिम्रा चर्तिकलाबाट थाकेका युवा अवश्य ऊर्जा लिएर अाउँनेछन्  त्यतिबेला राजनितीकरण गर्दै खुट्टा तान्यौ भने खबरदार।।

Comments

  1. The post in this blog is so important and thanks to the writer. Two important examples of this blogs are eye-catching.

    ReplyDelete
  2. kati ramro lekh, esta yuwa pustako deshlai jarurat chha

    ReplyDelete
    Replies
    1. 😊😊Hmm yesta matra hoina mitra hamijasta vannuparyo 😊😊

      Delete
    2. sahi vannu vayo, hami sabai aafno aafno thaau bata potentialko uptimum utilization gardai ek arka bata sikdai prerit hunu aawasek chha.

      Delete

Post a Comment

Popular posts from this blog