Children's day: I am always grateful how my parents love me.
MERI AAMA
झिस्मिसेमै ब्युजी तल, झर्दिहोलिन मेरी आमा
सुत्ने बेला सम्झी आँखा, भर्दी होलिन मेरी आमा
काखमा सानो बच्चा बोकी हिंडेको कोही भेटिन भने
मेरै बचपन झलझली याद, गर्दिहोलिन मेरी आमा
झिस्मिसेमै ब्युजी तल, झर्दिहोलिन मेरी आमा
final exam सक्केको छ, अब बिदा हुन्छ भन्दै
छोरी आउछे भन्ने आसमा, पर्दी होलिन मेरी आमा
सुत्ने बेला सम्झी आँखा, भर्दी होलिन मेरी आमा
छोरीलाई मन पर्छ यो त, आउँदा खाली भन्ने सोची
बारीभरी अनदी धान, छर्दी होलिन मेरी आमा
झिस्मिसेमै ब्युजी तल, झर्दिहोलिन मेरी आमा
झिस्मिसेमै ब्युजी तल, झर्दिहोलिन मेरी आमा
#special_dedication
Comments
Post a Comment