((आखिर तिमी नै त आफु रहदैनौ जब)) 


 THE CADAVER HALL......


सास चल्दै, धड्कन बोल्दै, सोच्दै हुन्थ्यो मस्तिस्क मेरो 

म्रित एउटा मानब त्यहा, आँखा तन्काइ मलाई पो हेर्यो 

formalin ko पिरो गन्द, उजाडलाग्दो त्यो सेरोफेरो 

लोभ गर्यौ, घमन्ड गर्यौ, हेर त अन्त्य पत्थर भै फिर्यो

लोभ गर्यौ, घमन्ड गर्यौ, हेर त अन्त्य पत्थर भै फिर्यो!!! 


white coat र gloves मेरो, सुरक्षाको त्यो आवास कस्तो 

प्राण छदा राज गर्ने, आज बिबस त्यो लास कस्तो 

काट्दै छियाछिया पार्ने झनै, विद्यार्थीको त्यो मास कस्तो 

कतै नदी, कतै माटो आखिर सृस्‍टिको त्यो बिनास कस्तो  

कतै नदी, कतै माटो आखिर सृस्‍टिको त्यो बिनास कस्तो!!!  


दुखेर रोइ कराउदो हो, कठै बारा ऊ रिसाउदो हो 

ज्ञानकै त ज्योति बाडेको हुँ,भन्दै पो चोट बिसाउदो हो 

सम्मान कहाँ गर्थ्यौ र हामी, freezed आत्मा झन ऊ चिस्याउदो हो 

नपढेर गफ हाँक्ने मुर्ख,ब्यङग गर्दै ऊ खिस्याउदो हो 

नपढेर गफ हाँक्ने मुर्ख,ब्यङग गर्दै ऊ खिस्याउदो हो!!! 


गाइगुइ त्यो हल अनि, रमिताजस्तै दुई चार शब 

एकान्तमा गै आफु, आफ्नै पहिचान खोजे तब 

घमन्ड र रिसराग, गर्नु रैछ केलाई अब 

आखिर तिमी नै त आफु रहदैनौ जब 

आखिर तिमी नै त आफु रहदैनौ जब !!!!

#memory_back_to_2013.

Comments

Popular posts from this blog